back
stc
prabhu insurance

घरायसी तथा कर्पोरेट सेवाहरू सजिलै प्राप्त सकिने

काठमाडौँ । ‘स्मार्ट दाइ’ एप्लिकेसन मार्फत घरायसी तथा कर्पोरेट सेवाहरू सजिलै प्राप्त सकिने भएको छ । एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने स्मार्ट दाइ लिमिटेडले जनाएको छ ।

कम्पनीले एक विज्ञप्ति मार्फत भनेको छ, ‘स्मार्ट दाइ एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभि, वासिङमेसिन, फिज, एसी लगायतका इलेकट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टीट्याङकी सफाइ, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेस्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू सजिलै प्राप्त गर्न सकिन्छ ।’

एप्लिकेसनको प्रयोगवाट विशेष गरी शहरीक्षेत्रमा घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवा प्रवाहलाई छिटो छरितो बनाइ प्रयोगकर्ताको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

स्थापनाको छोटो समयमै स्मार्ट दाइ नामक एप्लिकेसन विकास गरेको भन्दै कम्पनीले उक्त एप्लिकेसन प्लेस्टोर तथा एपस्टोरवाट सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा चलाउन सकिने जनाएको छ ।

उक्त एप्लिकेसन शेयर लगानीकर्ताहरुको भेलाविच हालै सुरु गरिएको र एपलाई निरन्तर रुपमा परीमार्जन गरी प्रयोगकर्ता मैत्री र विस्वसनीय बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।