back
prabhu insurance
himalayanlife

बजारमा घट्यो नगद परिचालन, सरकारी ढुकुटीमा थुप्रियो पैसा

काठमाडौं । बजारमा नगद परिचालन घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांक अनुसार भदौसम्म बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँ नगद परिचालन रहेको छ।

गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो दुई महिनाको अवधिमा नगद परिचालन २.१६ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको दुई महिनामा सरकारी कोषको आकार २७२।६३ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। भदौसम्म सरकारी कोषको आकार बढेर २ खर्ब ३८ अर्ब ३० करोड रुपैयाँको उचाइमा पुगेको छ।

भदौसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ।