back
stc
prabhu insurance

युरोपेली च्याम्पियन्स लिग : रियल म्याड्रिड, एट्लेटिको र वायरन पराजित

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको एस्टन भिल्ला र बारयन म्युनिखको खेल रोचक बनेको छ।

जोन डुरानले बेन्चबाट गएर गरेको गोलमा अस्टन भिल्लाले वायरन म्युनिखमाथि १–० को सनसनीपूर्ण जित हात पारेको हो। ओली वाटकिन्सको ठाउँमा ७० औँ मिनेटमा मैदानमा प्रवेश गरेका डुरानले खेल्न सुरु गरेको नौ मिनेटमा गोल गरेका थिए।

यस अघि पहिलो खेलमा एस्टनभिल्लाले यङ ब्वाइजलाई ३–० ले हराएको थियो। डुरानले यस सिजनमा बेन्चबाट गएर नै पाँचौँ गोल गरेका हुन्।

बुधवार अर्को इङ्लिस क्लब आर्सनलले घरेलु भूमिमा भएको खेलमा एटलान्टालाई २(० ले हराएको छ। लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरे।

आर्ने स्लटको प्रशिक्षणमा लिभरपुले सिजनका पहिलो ९ खेलमा ८ जित हात पारेको छ। यो नै क्लब इतिहासको कीर्तिमान हो।

१२ औँ मिनेटमा एलिस्टरलाई लोक्रस गर्दै पहिलो अग्रताको मौका दिलाएका सलाहले ७५ औं मिनेटमा अर्को गोल गरेका थिए।