‘स्काईवर्थ सपना साकार’ अफरको दोस्रो साप्ताहिक विजेता घोषणा
काठमाडौं। केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन“स्काइवर्थ सपना सा कार”दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ।
यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले लक्की ड्र मार्फत दोस्रो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ ।
भाट–भटेनी सुपरमार्केट कोटेश्वरबाट सामान खरिद गरेकी नीता बराललाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रालिकोे माइक्रो वेभ उपहार जितेकी छन्। बरालका श्रीमान् पूर्णेन्दु बराललाई स्मार्ट एप्लायन्सेसका प्रतिनिधि अमित ठाकुरले हस्तान्तरण गरेका थिए।
साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजीकमेट ईभी कार जित्न ससक्नेछन्। साथै, ग्राहकहरूले स्काई वर्थका बिभिन्न उत्पादनहरूमा ४०% सम्मको छुटको मजालि न सक्ने बताइएको छ।
स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ।
उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन्। यो योजना कार्तिक ३०, २०८१ सम्म लागु हुने कम्पनीले जनाएको छ।
वि.सं.२०८१ असोज १८ १६:३७
















