back
stc
prabhu insurance

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोवाईल बैंकिङ सेवाको स्तर वृद्धि गरि थप सेवा सहितको मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ फाइदा एप सञ्चालनपछि ग्राहकहरुले मोवाइल एक फाइदा अनेक लिन सक्ने व्यवस्था गरेको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ्ग सेवा उपयोग गर्न सकिने भएको छ ।

ग्राहकले गर्ने सुरक्षित कारोवारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो वा होईन भनेर पहिचान गर्न सक्नेछन्, जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने विश्वास छ ।

ग्राहकहरुले मोवाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोवार गर्न सक्ने बैंकल जनाएको छ ।

यसका साथै अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटिएम कार्ड नविकरण, इ–कर्मस कार्ड सकृय, भाषा छनौट, बिदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी , बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोवार सफल नभएमा कारोवारको दाबी गर्न, बैंकले दिने बिभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाब दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न, आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरु रहेको बैंकले जनाएको छ ।