back
stc
prabhu insurance

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ४० हजार कित्ता शेयरशेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको ४० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले पुस १६ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन मोरङ जिल्लाको विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।

साथै तोकिएको समय सीमाभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नआएको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।