back
stc
prabhu insurance

लेखामान बोर्डको अध्यक्षमा ढुंगेल र लेखापरीक्षणमान बोर्डको नेतृत्वमा निरौला नियुक्त

काठमाडौं । सरकारले नेपाल लेखामान बोर्ड र नेपाल लेखापरीक्षणमान बोर्डमा अध्यक्ष नियुक्ति गरेको छ। मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयका सिफारिसमा लेखामान बोर्डको अध्यक्षमा सुनीलकुमार ढुंगेल र लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौलालाई नियुक्त गरेको हो।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षद्वयलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए। उक्त अवसरमा नवनियुक्त अध्यक्षद्वयले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता गरेका थिए।