back
stc
prabhu insurance

आइएमई लाइफ इन्स्योरेन्सको सिईओ पवन खड्का नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त भएका छन् । कम्पनीको संचालक समितिका् आज बसेको बैठकले उनलाई सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिईओ खड्काको नियुक्तिको स्वीकृतीका सम्बन्धमा  नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्ने गरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्य गर्नको जानकारी गराएको थियो ।

सुर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सिईओ खड्कालाई आइएमई लाइफको आज बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्ती गर्न निर्णय गरेको हो ।

करिब तीन महिना पहिले तत्कालिन सिईओ कवि फुयाँलको पदावधी सकिएपछि आइएमई लाइफमा सिईओ पद रिक्त थियो ।