back
stc
prabhu insurance

अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझालाई

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरेका हुन् ।

ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए । सोही समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको हो ।

यस्तै स्व। सञ्जय न्यौपाने रिसर्च ग्राण्ट अवार्ड क्यापिटल नेपाल डटकमका सुवास योञ्जनले पाएका छन्। शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ।

साथै शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे ।

प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् । डिजिटल अवार्ड १२ खरी डटकमका कमल धितालले प्राप्त गरे ।

सो अवसरमा स्वर्णिय सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।