back
stc
prabhu insurance

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । मंसिर १६ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी प्रेम बहादुर पुनलाई आज मिति २०८१ मंसिर १९ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नतिसँगै उपरथी पुन मध्य पश्चिम पृतनाको पृतनापतिमा नियुक्त हुनु भएको छ ।

कार्यक्रममा बलाध्यक्ष रथी प्रदीप जंग के।सी।, रथीवृन्द, अधिकृतहरुका साथै उपरथी पुनको परिवारजनको उपस्थिति रहेको थियो ।