back
prabhu insurance
himalayanlife

श्रीलंकाको युनियन बैंकको उपाध्यक्षमा निर्वाण चौधरी 

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य समेत रहेका उद्यमी निर्वाण चौधरी श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको उपाध्यक्ष (डेप्युटी चेयरम्यान) नियुक्त भएका छन् ।

युनियन बैंक अफ कोलम्बो पिएलसीका पूर्व उपाध्यक्ष ट्रेभिन फर्नान्डोपुलेको सेवा निवृत्ति पछि, बैंकको नयाँ उपाध्यक्षको रूपमा चौधरी समूहका प्रबन्ध निर्देशक समेत रहेका निर्वाण चौधरीलाइ नियुक्त गरिएको बैंकले घोषणा गरेको छ।

निर्वाण, युनियन बैंकको सञ्चालक समितिमा एक वर्षअघि (अक्टोबर २०२३) देखि एक गैर(स्वतन्त्र गैर(कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको बहुराष्ट्रिय व्यवसायीक समूह सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक उनी संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक नियुक्त भएका हुन् ।

सिजी कर्प ग्लोबल (चौधरी समूह) सम्बद्ध सीजी क्यापिटल पार्टनर्स, युनियन बैंक अफ कोलम्बोको प्रमुख शेयरधनी हो ।

युनियन बैंकले वित्तीय क्षेत्रमा आफ्ना सेवाहरू विस्तार र अभिवृद्धि गर्न जारी राख्दा विश्व व्यापार रणनीति, नेतृत्व र संस्थागत सुशासनमा चौधरीको बृहत् अनुभव महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

नेपालको प्रमुख वाणिज्य बैंकमध्येको नबिलक बैंक लिमिटेडको सञ्चालक समितिमा समेत चौधरीले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

यस बाहेक नबिल बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेका मलाया मुखर्जी पनि युनियन बैंक अफ कोलम्बोमा संस्थापक शेयरधनी समूहबाट सञ्चालक छन् ।