back
stc
prabhu insurance

आज पनि सुन चाँदीको भाउमा सामान्य बृद्धि

काठमाडौं । आज पनि सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन प्रतितोला १ लाख ५०  हजार ४ सय रुपैयाँमा  कारोबार भएको थियो । आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।