back
stc
prabhu insurance

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

त्यसको निष्काशन तथा बिक्री प्रबन्धमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त भएको छ ।
आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्काशन तथा विक्रि प्रबन्ध सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आ।ब। २०८०÷८१ को बार्षिक साधारण सभा बाट पारित १ः१ अनुपातको हकप्रद निष्काशनको ब्यवस्थापन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बाट हुनेछ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड मिति २०६९/०५/३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, विमा, सञ्चार लगायतका परियोजनाहरुमा लगानी सम्वन्धि काम/कारोबार गर्दै आइरहेको छ ।

यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक/वित्तीयक्षेत्र, शैक्षिक क्षेत्र एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार/व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरि लगानि ब्यबस्थापन सेवा, धितोपत्र निश्काशन तथा बिक्रि प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राहि खाता सञ्चालन सम्वन्धि सेवा, संस्थागत परामर्श सम्वन्धि सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।