back
stc
prabhu insurance

च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने

काठमाडौँ । च्यातिएका, पुराना र झुत्रा नोट साट्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतनाका लागि केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई साट्न सकिने भएको हो ।

यस्ता नोट राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोटकोष सञ्चालन गर्ने वाणिज्य बैंक(राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक) बाट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

तर धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जान सक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना अर्थात् सटही नगरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्ता नोट जफत गरिने र सोको कारण सहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । त्यस्ता झुत्रो बेंक नोट नोट साट्न नसकिने र जफत पनि हुन सक्ने बैंकले उल्लेख गरेको छ ।

“नोटहरू धेरै मक्किएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नका लागि झुत्रो नोटको पछाडिको भागमा सोही दरको सिङ्गो नोट बराबरको कागजको टुक्राटाँसी साट्न सकिन्छ”, राष्ट्र बैंकको सूचनामा उल्लेख छ । साथै नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन जतन गरी प्रयोग गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ ।