back
stc
prabhu insurance

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक समूहको दुई लाख १३ हजार कित्ता शेयर बेच्दै

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको २ लाख १३ हजार १९७ कित्ता शेयर बेच्ने भएको छ। इन्स्योरेन्स कम्पनीका केही संस्थापक शेयरधनीले आफूसँग रहेको शेयर बेच्न कम्पनीमा निवेदन दिएपछि शेयर बिक्रीमा राखिएको हो।

नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका बमोजिम संस्थापक शेयर किनबेच गर्दा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने भएकाले हाल कम्पनीका विद्यमान संस्थापकहरूले मात्रै शेयर किन्न सक्नेछन्।

शेयर किन्न इच्छुक संस्थापकले आउदो चैत ६ गतेभित्र काठमाडौंको बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यो अवधिभित्र सम्पूर्ण शेयर बिक्री नभएमा सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने इन्स्योरेन्स कम्पनीले जनाएको छ।