back
stc
prabhu insurance

आजदेखि बलेफी हाइड्रोपावरको शेयरमा आवेदन दिन सकिने

काठमाडौं । आज फागुन ५ गतेदेखि बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बिक्रीमा आएको छ।

यी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते तोकिएको छ।