back
prabhu insurance
himalayanlife

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ७.६२ गुणा बढी आवेदन

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा १३ करोड ७२ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ।

कम्पनीले जारी गरेको १८ लाख कित्ता प्राथमिक सेयरमा ५१ हजार ७२९ जनाले आवेदन दिएका छन्। यसमा १३ लाख ७२ हजार ७६० कित्ताका लागि आवेदन परेको छ, जुन उपलब्ध सेयरको संख्या भन्दा ७।६२ गुणा बढी हो।

कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता सेयर खुला गरेको थियो। यस आइपीओको निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालिरहेको छ।

नेपाल धितोपत्र बोर्डले ओम मेगाश्रीलाई १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति दिएको थियो, जसको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो।