back
stc
prabhu insurance

सिटिजन लाइफ इन्स्योरेन्सको आकर्षक लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि आकर्षक लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।