back
prabhu insurance
himalayanlife

शिखर इन्स्योरेन्सले बीमितलाई बाँकी दाबी भुक्तानी बुझिलिन लिन आउन आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्सले निवेदन दिएका आफ्ना बीमितलाई दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। इन्स्योरेन्स कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ।

गत मंसिर १६ गतेदेखि फागुन १५ गतेसम्म दाबी निवेदन दिएका तर हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमा नभएका दाबीहरुको आवश्यक प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ।

त्यस्ता दाबीका सम्बन्धमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीका प्रादेशिक कार्यालय, शाखा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई आफूले गरेको दाबीको भुक्तानी लिन आउन कम्पनीले आग्रह गरेको छ।

तोकिएको समयावधिमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहीछाप गरी दाबी फर्छ्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ। बीमित र बीमितको प्रतिनिधिले गरेको दाबीको विस्तृत विवरण कम्पनीको वेबसाइटमा राखिएको छ।