back
stc
prabhu insurance

आजदेखि एमबीएल इक्विटी फण्डमा आवेदन दिन सकिने

काठमाडौं । आज फागुन २२ गतेदेखि सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड”निष्कासनमा आएको छ। यसमा प्रतिइकाई १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई निष्कासन गर्न लागिएको हो।

जसमध्ये १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र १२ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ।

यसरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो। यसमा आवेदन दिँदा घटीमा १ सय र बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

निष्कासन बन्द छिटोमा फागुन २६ गते बन्द हुनेछ भने सो दिनसम्म पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया चैत ७ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अुनमति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाईन मार्फत् आवेदन दिन सक्नेछन्।

यो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।