back
stc
prabhu insurance

इन्भेष्टमेन्ट कम्पनी सेबोनमा दर्ता हुनुपर्ने, १० प्रकारका विवरण तथा कागजात आवश्यक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीलाई दर्ता हुन बोलाएको छ ।

बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको भन्दै दर्ता हुन बोलाएको हो । पुस १८ गते राजपत्रमा प्रकाशित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (२) ले दिएको अधिकारी प्रयोग गरी कम्पनीलाई विभिन्न १० प्रकारका विवरण सहित बोलाएको जनाएको छ ।

इन्भेष्टमेन्ट कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०५१ को नियम २० को व्यवस्था बमोजिम १० प्रकारका विवरण तथा कागजात माग गरिएको छ ।

बोर्डमा सूचीकृत हुनका लागि निवेदन पत्र, सञ्चालक समितिको विवरण म, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत, कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र विवरण, कार्यकारी प्रमुखको विवरण नाम, ठेगाना, सम्पर्क नम्बर, कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको बार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्ता पुँजी खुल्ने कागजात तथा विवरण चाहिने छ ।