back
prabhu insurance
himalayanlife

सिद्धार्थ बैंकको ३ लाख ९१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकको ३ लाख ९१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। यस अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।