back
prabhu insurance
himalayanlife

ईसेवा मनि ट्रान्सफरको मेरो डिजिटल देश अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण

काठमाडौँ ।  “मेरो डिजिटल देश”  अभियान अन्तर्गत, ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ। ।

ईसेवा मनि ट्रान्सफरले नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ईसेवा मनि ट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाको माध्यमबाट’मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो।

जस अन्तर्गत, रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अन्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता अन्जुला घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताप्रति प्रति आभार व्यक्त गरे।

साथै, उनले ‘मेरो डिजिटल देश’ अभियानको सफलतासँगै डिजिटल रेमिट्यान्स मार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनः जोड दिँदै आफ्नो खुशी व्यक्त गरे।