back
stc
prabhu insurance

उन्नति सहकार्य लघुवित्तको नाफामा आकर्षक वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा २८४.९७ प्रतिशतले बढेर ३ करोड ७९ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ९८ लाख ५४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो ।

खुद ब्याज आम्दानी ४८.५६ प्रतिशतले बढेर १८ करोड ९३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ७४ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा २८४.९७ प्रतिशतले बढेर ३ करोड ७९ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसाले बढेर २० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १५ पैसा छ ।