१० महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ७१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा ७१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले यो अवधिमा बीमितहरूका २ हजार ४६ वटा बीमा दाबीहरूको भुक्तानी गरेको हो ।
बीमा सेवा सुलभ र द्रुत रूपमा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढिरहेको कम्पनीले चालु आर्थिक वर्षको बैशाख महिनामा मात्रै २०७ वटा बीमा दाबीको भुक्तानी गरेको छ ।
बैशाख महिनामा गरिएको दाबी भुक्तानीको रकम ९ करोड २० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । बीमितको विश्वास जित्दै अघि बढिरहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी प्रक्रियालाई प्रभावकारी बनाउँदै आएको छ ।
वि.सं.२०८२ जेठ ३ १४:५८

















