back
stc
prabhu insurance

नेपाल धितोपत्र बोर्डबाट दुई बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।धितोपत्र बोर्डले आज नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो।

अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्नेछन्।

नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ।

जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ।

जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।