हिमालयन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा असार १० गते
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा असार १० गते गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो साधारण सभाको मिति तय गरेको हो ।
इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतले हुन आउने ७३ करोड १४ लाख ५८ हजार ९८४.४८ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरणा गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।
साधारण सभाले संचालक समितिको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८०/८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।
साधारण सभाले यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंक लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नेछ ।
साधारण सभाले संचालक समितिको निर्णय बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने (हालको लेखापरीक्षक एससि लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्ट) पुनः नियुक्तिको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाले कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने, कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०/८१ मा भएको खर्चको अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ । उक्त साधारण सभा आम्रपाली बैक्वट भाटभटेनी नक्सालमा विहान १०ः३० बजे गर्ने भएको हो ।
वि.सं.२०८२ जेठ २० ०७:२९




















