back
prabhu insurance
himalayanlife

१७ औँ वार्षिकोत्सवका अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १७ औँ वार्षिकोत्सवका अवसरमा १० वर्षभन्दा लामो समयदेखि निरन्तर सेवारत १० जना कर्मचारीलाई सम्मान गरेको छ।

सम्मानित भएकाहरू केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले खादा लगाएर सम्मान गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत कर्णले कम्पनीमा जीवनको उर्जावान समय लगानी गरेका कर्मचारीको योगदानको कदर स्वरूप वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको बताए ।

सम्मान कार्यक्रममा उप कार्यकारी प्रमुख कपिल कुमार दाहाल, कर्मचारी यूनियनका अध्यक्ष हरि बहादुर खड्काले सम्मान कार्यक्रमबाट अन्य कर्मचारीलाइ समेत प्रेरणा मिल्ने बताए ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा सात वटै प्रदेशमा विभिन्न स्थानमा सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान, बीमा सचेतना, सरसफाइ, खाद्यान्न, शैक्षिक सामाग्री वितरण लगायका कार्यक्रम आयोजना गरेको छ।