back
stc
prabhu insurance

आइपिओ जारी गर्दै होटेल गरिमा

काठमाडौँ। होटेल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार एनआइएमबी एस क्यापिटल लिमिटेडले आइपिओ सम्बन्धित विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटेललाई गरिमा आइपिओ प्रक्रियाको तयारी, नियामक निकायसँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने उल्लेख छ ।