back
stc
prabhu insurance

नर्थ समिट हाइड्रोले आईपीओ जारी गर्ने

काठमाडौं । नर्थ समिट हाइड्रोले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो असार १५ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहलस्थित बसेरा बुटिक होटलमा बिहान साढे १० बजेदेखि साधारण सभा बोलाएको हो।

उक्त साधारण सभाले कम्पनीको जारी पूँजीमध्ये सर्वसाधारणको लागि छुट्याएको शेयर बिक्री गर्न प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आगामी तेस्रो कार्यकालका लागि सञ्चालक समिति निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र सञ्चालक समितिको सेवा सुविधा निर्धारण गर्नेछ।