back
prabhu insurance
himalayanlife

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

काठमाडौँ । सरकारले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीविरुद्ध बिलिङ प्रणालीको मर्मतसम्भार सम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले सो पदको जिम्मेवारी मास्केलाई दिइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

अख्तियारले यही मुद्दामा सङ्गीता पहाडीसहित विनिता श्रेष्ठ, सुनील पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालिविरूद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।