back
stc
prabhu insurance

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको छ। नेपाल आयल निगमले असार १७ गते बिहान ००ः०१ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

इन्डियल आयल कर्पोरेसन (आईओसी) ले मूल्य समायोजन गरेर पठाएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा लिटरमा ५ रुपैयाँले मूल्य बढेको छ। मट्टीतेल र डिजेलमा लिटरमा ४ रुपैयाँले भाउ बढेको छ।

अब काठमाडौंमा प्रतिलिटर पेट्रोल १६५ रुपैयाँ तथा मट्टीतेल र डिजेलको १४९ रुपैयाँ पर्नेछ। यसअघि प्रतिलिटर पेट्रोलको १६० रुपैयाँ तथा मट्टीतेल र डिजेलको १४५ रुपैयाँ थियो।