back
stc
prabhu insurance

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठसहित ११ जना एलुम्नाई एसोसिएशनबाट सम्मानित

काठमाडौं । त्रिभुन विश्वविद्यालयका पूर्व विद्यिार्थीहरूको संस्था ‘त्रिभुवन विश्वविद्यालय एलुम्नाई एसोसिएशन नेपाल’ (टीयूएएएन) ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई सम्मान गरेको छ ।

एसोसिएशनको गत साउन २६ गते शनिबार त्रिवि स्मृति भवनमा सम्पन्न पाँचौं साधारण सभा समारोहमा उनलाई सो सम्मान गरिएको हो । उनलाई कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरेकी थिइन् ।

सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको उच्च ओहदामा रही उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सो सम्मान प्रदान गरिएको एसोसिएशनका प्रदिप कुमार श्रेष्ठले बताए ।

‘तपाईंले लामो समयदेखि उद्योग व्यवसायको क्षेत्र तथा हाल देशको प्रतिष्ठित संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको उच्च ओहदामा रही पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गर्न पाउँदा हामी अत्यन्त गौरवान्वित छौँ,’ सम्मान पत्रमा लेखिएको छ ।

सो अवसरमा श्रेष्ठसहित त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेर देशका विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत रही योगदान गरिरहेका ११ जना व्यत्ति–व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

यसरी सम्मान प्रापत गर्नेहरूमा उच्च शिक्षाको क्षेत्रमा योगदान गर्ने पूर्वउपकुलपति प्रा। केदारभक्त माथेमा र उच्च शिक्षाको क्षेत्रमा तथा यस संस्थाका संस्थापक संरक्षक रही एलुम्नाई एसोसिएसन स्थापनामा समेत योगदान गर्ने पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाँ, निजी शिक्षाको क्षेत्रमा योगदान गर्ने उमेश श्रेष्ठ, स्वास्थ्य क्षेत्रमा योगदान गर्ने प्राडा भगवान कोईराला, पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, पर्यटन व्यवसायको क्षेत्रमा योगदान गर्ने कर्ण शाक्य, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बैंकिङ क्षेत्रमा योगदान गर्ने उपेन्द्र पौडेल, कला, संस्कृति र चलचित्र क्षेत्रमा योगदान गर्ने यादव खरेल र अर्थविद् एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा छन् । एसोसिएशनका अध्यक्ष प्रदिप कुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वध्यक्ष एवम् पञ्चकन्या ग्रुपमा प्रबन्ध निर्देशक हुन् ।