back
prabhu insurance
himalayanlife

नेपाल उद्योग परिसङ्घको अध्यक्षमा पाण्डे

काठमाडौँ। नेपाल उद्योग परिसङ्घको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । परिसङ्घको २२ औँ वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहनु भएका पाण्डे परिसङ्घको विधान अनुरूप स्वतः अध्यक्षमा चयन हुनु भएको हो । एक दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका पाण्डे २०७५ देखि परिसङ्घको उपाध्यक्ष बन्नुभएको थियो ।

परिसङ्घको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन हुनुभएको छ । यसै गरी उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसै गरी परिसङ्घको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनीत हुनुभएको छ ।

बुधबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसङ्घको राष्ट्रिय परिषद् सदस्यमा गोपालकुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुलकुमार अग्रवाल, वरुणकुमार तोदी, दीपककुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाणकुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिङ्घानिया, अमितकुमार बेगानी, गौरव शारडा, दिलीप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा, राजीव गुप्ता निर्वाचित हुनुभएको छ ।

यसै गरी सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, सञ्जय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदुषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशिष जजोडिया, पम्फा धमला, मनिषकुमार खेम्का, आशिष गर्ग, सेवा पाठक निर्वाचित हुनुभएको छ । यस्तै गोकुल भण्डारी, वसन्तबहादुर चन्द, चन्द्र टन्डन निर्वाचित हुनुभएको छ ।