back
stc
prabhu insurance

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन(फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा।योगेश न्यौपानेले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबल कलेज अफ हेल्थ एजुकेशन फ्रन्टलाइन हस्पिटलले आफना ग्राहक महानुभावहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

सोही अवसरमा क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकमहानुभावहरुको संख्यामा वृद्धि हुँदै गएको बताए । कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।