back
prabhu insurance
himalayanlife

अर्थ मन्त्रालयको सह सचिव पोखरेलले पाए प्राधिकरण अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बनमा परे पछि अर्थ मन्त्रालयका सह सचिव सेवन्तक पोखरेलले अर्को व्यवस्था नहुन्जेल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पाएका छन्।

मन्त्री परिषदको सोमबार साँझको बैठकले ओझाविरूद्ध छानबिन समिति गठन गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

ओझा विरूद्धको छानबिन टुङ्गो नलागुञ्जेल मन्त्री परिषदले पोखरेललाइ प्राधिकरण अध्यक्षको जिम्मेवारी दिएको हो।