back
stc
prabhu insurance

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ प्रसाईं ‘भिजनरी लिडर इन लाईफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स'( जीवन बीमाको दूरदर्शी अगुवा) अवार्डबाट सम्मानित भएका छन्।

प्रसाईं छैठौं एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका हुन् । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसाईंलाई आयोजक संस्थाको तर्फबाट सम्मान गरेका हुन् ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले बीमा क्षेत्रमा गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईको नेतृत्वमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा उच्च वृद्धि दर हासिल गरेको छ।

एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा सम्मान प्रदान गरिदै आएको छ ।

नेपाल लगायत एशियाका विभिन्न देशमा आफ्नो पेशा व्यवसायमा बेग्लै पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।