back
prabhu insurance
himalayanlife

समता घरेलु लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

वित्तीय संस्थाले हाल यी शेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

अतः सो शेयर किन्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र शेयर खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।