back
stc
prabhu insurance

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।

इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर मोरङ्गस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ।

आशयपत्र प्राप्त भएपछि खरीदकर्ता र बिक्रेताको आपसी समझदारी मार्फत् शेयर खरीद–बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

साथै तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।