back
stc
prabhu insurance

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

काठमाडौँ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा ऋणात्मक रहेको भएपनि अन्य सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनी खुद बीमा शुल्क आर्जन ७.३१ प्रतिशतले बढेर २४ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यद्यपी, गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा ६ करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २० करोड ७६ लाख रुपैयाँ ऋणात्मक देखिएको हो।

जेनजी आन्दोलनमा निजि सम्पत्तिमा तोडफोड हुँदा कम्पनीमा दाबी परेसँग नाफा प्रभावित भएको हो । यसअवधिमा कम्पनीको कुल दाबी भुक्तानी ६७ करोड २७ लाख रुपैयाँबाट घटेर ४८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको कुल आम्दानी ४६ करोड ६ लाख रुपैयाँ रहेको छ भने कुल खर्च ६६ करोड ८२ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको चुक्तापूँजी ३ अर्ब २ करोड, महाविपत्ती कोष ९ करोड ५९ लाख र जगेडा कोष ४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ ।