back
stc
prabhu insurance

लक्ष्मी सनराइज बैंकको लाभांश प्रस्ताव

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।

बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण गरिने कम्पनी सचिव पियुषराज अर्यालले जानकारी दिएका छन्।