back
prabhu insurance
himalayanlife

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २२ गते अन्तिम दिन हो।

बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ।

यो निर्णय पारितका लागि आउँदो पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे साधारण सभा बस्दैछ।

उक्त साधारण सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।