back
stc
prabhu insurance

द गभर्नर ह्विस्की अब १८० एमएल को आकर्षक प्याकमा

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोकवुड कास्क व्हिस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड ह्विस्की पोर्टफोलियोलाई विस्तार गर्दै द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ ।

नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग पनि उपयुक्त छ ।

द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० बर्स सम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर ह्विस्कीले आफ्नो मूल दर्शन— “दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड”— लाई प्रतिबिम्बित गर्छ।

हाइल्याण्ड र स्पेसाइड स्कच माल्ट विश्वका उत्कृष्ट माल्टहरूमध्ये मानिन्छन्, किनकि शताब्दीयौँको शिल्पकला र परम्पराले आकार दिएको असाधारण सन्तुलन, गहिराइ र स्थिर गुणस्तर यिनले प्रस्तुत गर्छन्।

यी दुईले मिलेर स्कच ह्विस्कीको चरित्रको सर्वोच्च अभिव्यक्ति प्रतिनिधित्व गर्छन् । हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्छ।

स्मोकवुड कास्कमा तैयार गरिएको यस ह्विस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिन्छ ।

लन्चबारे टिप्पणी गर्दै, सागर डिस्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने बताए। द गभर्नर स्मोकवुड कास्क ह्विस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य रु. ७४५ मा उपलब्ध हुनेछ ।

सागर डिस्टिलरी लिमिटेडबारे
सागर डिस्टिलरी लिमिटेड नेपालस्थित एक प्रगतिशील मदिरा उत्पादक कम्पनी हो, जसको आधुनिक ब्लेन्डिङ तथा बोटलिङ सुविधा रहेको छ।

कम्पनीको बढ्दो पोर्टफोलियोमा नेप्से बुल्स रेयर माल्ट व्हिस्की, रोयल ब्लू, म्याक्स, ग्रे वुल्फ, बेरीज एंड ब्लूज जस्ता ब्रान्डहरू समावेश छन्। सागर डिस्टिलरी लिमिटेड गुणस्तरप्रतिको अडिग प्रतिबद्धताबाट प्रेरित छ ।