back
stc
prabhu insurance

प्रभु बैंकको ७ लाख २७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडका १३ जना संस्थापक शेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।

शेयरधनीहरूले आफ्नो नाममा कायम शेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले हाल यस शेयर प्रभु बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न सक्नेछन्।

उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

यस समयावधिभित्र संस्थापक शेयरधनीबाट निवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।