back
stc
prabhu insurance

चार्टर्ड एकाउन्टेन्टहरुलाई १५ लाखसम्म बिनाधितो कर्जा र क्रेडिट कार्ड सुविधा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरुलाई विशेष ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा बैंक र संघबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघका अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्ट सदस्यहरुले न्यूनतम कागजात पूरा गरेपछि रु ७५ हजारदेखि रु ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्।

साथै आवश्यक प्रक्रिया पूरा गरेपछि बिनाधितो व्यक्तिगत प्रोफेसनल कर्जा रु १५ लाखसम्म पाउने व्यवस्था गरिएको छ।

त्यसैगरी, बैंकले संघका सदस्यहरुलाई आकर्षक ब्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत उपलब्ध गराउने जनाएको छ।

हाल गरिमा विकास बैंकले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ।