back
stc
prabhu insurance

आज पनि सुन चाँदीको भाउमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ५ गते सुनको मूल्य तोलामा ५४ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।