back
stc
prabhu insurance

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको नाममा रहेको ८ हजार कित्ता र निरज पोख्रेलको १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

संस्थापक शेयर बिक्री गर्दा संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनु पर्ने प्रावधान भएकोले संस्थाका संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न चाहने शेयरधनीले आफूले किन्न चाहेको शेयर संख्या समेत उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ।

संस्थाले तोकेको यस अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक शेयर खरिदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।