back
stc
prabhu insurance

बजारमा आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो ।