बजारमा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५७ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८३ वैशाख ३१ १०:४४




















