back
prabhu insurance
himalayanlife

हिमालयन बैंकको १०% संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूह अन्तर्गत रहेको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको थियो।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थापक समूहको स्वामित्व कम्तीमा ५१ प्रतिशत कायम रहने गरी बाँकी संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत (एक पटकमा १० प्रतिशतसम्म) गर्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार हिमालयन बैंकले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो।

यसका लागि बैंकले संस्थापक समूहका इच्छुक शेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ। आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्न चाहने शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

बैंकका अनुसार कम्पनीको हकमा सञ्चालक समितिको निर्णयसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवेदन बैंकको शेयर रजिष्ट्रार हिमायलयन क्यापिटल लिमिटेड मार्फत पेश गर्न सकिनेछ। आवेदन फारम हिमालयन क्यापिटल र हिमालयन बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ।